लागुऔषध कारोबारीलाई भगाउने पूर्व प्रहरी जवान १६ वर्षपछि पक्राउ (भिडियोसहित)

डिसी नेपाल
१२ माघ २०८० १३:३९

काठमाडौं । प्रहरीले लागु औषधसहित पक्राउ परेका भारतीय नागरिकलाई भगाई आफुहरु पनि भागेका पूर्व प्रहरी जवानलाई १६ बर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतको रक्सौल घर भएका असरफ आलमलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतबाट भगाई आफु पनि भारत भागेका पूर्व प्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धानको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ पक्राउ परेको डिएसपी अनिल घिमिरेले जानकारी दिए।

असरफ आलमलाई भगाएबापत १ करोड रुपैया दिने भनिएपछि जवान विरवल राय यादवले ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको घिमिरेले बताए। उक्त रकमबाट विरवलले भारतमा तत्कालिक अवस्थामा दुईवटा ट्याक्सि खरिद गरि व्यवसाय गरेको पनि अनुसन्धानबाट खुलेको डिएसपी घिमिरेले जानकारी दिए।

प्रहरी निरिक्षकको किर्ते हस्ताक्षर गरेर विरवलले भारतीय नागरिकलाई कलंकी–बुटवल हुदै भारत पुराएका थिए । त्यसपछि भारतमै ट्याक्सि व्यवसाय सुरु गरेका विरवलसंग हाल ९ वटा भारतीय ट्याक्ति, आधार कार्ड, भारतीय चालक अनुमति पत्र समेत रहेको डिएसपी घिमिरेले बताए।

हेर्नुहोस् भिडियोः

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *