कविता : शक्तिको प्रभात

शंकरप्रसाद रिजाल
२० माघ २०८० ६:४०

म भित्रको शक्ति मलाइ देउ
म भित्रको ज्योति जगाई देउ
म भित्रको रुप खुलाई देउ

‘म को हुँ’ को ज्ञान मलाइ देउ
सारा सागरमा डुबाई देउ
म भित्रको भक्तिलाई नुहाई देउ

म भित्रको अग्नि जगाई देउ
म भित्रको पाप सुकाई देउ
म भित्रको धर्म जगाई देउ

ब्रम्हाण्ड मेरो मन भित्र नै छ
आकाश छुने मनभित्र नै छ
पृथ्वी नै अट्ने तनभित्र मन छ

राम्रो नराम्रो मनभित्र नै छ
म भित्रको इश्वर यस भित्र नै छ
म भित्रको “म “ मनभित्र नै छ

पर्दा लगाए सब चिज भित्र
पर्दा खुलाए लियी भित्र चित्र
केही नदेखिने भो कति भित्र भित्र

पर्दा उघारे सब देखिने छ
आँखा घुमाए सब देखिने छ
उद्यानमा झैं सब फूल फुल्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *