अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आयोः गगन थापा

डिसी नेपाल
२१ माघ २०८० २०:३६
80
Shares

चितवन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘समुदायमा कांग्रेस’अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन्।

आइतबार चितवनमा आयोजित नागरिक संबाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन्।

अभियानका क्रममा गठबन्धनका बिषयमा आएका सुझावलाई अव पार्टीको दस्ताबेजमा लेख्न सकिने उनले बताए। उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टी भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखे।

‘समुदायमा कांग्रेस’अभियानका क्रममा विकास योजना, बजेट लगाएतका बिषयमा सुझाव लिइरहेको थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *