प्रतिनिधिसभामा अध्यादेश र बाध अड्काउ फुकाऊ आदेश पेस, अर्को बैठक माघ २४ गते

डिसी नेपाल
२२ माघ २०८० १७:३२
32
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे । उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्ने लगायत व्यवस्था समावेश छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस गरे ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *