यमन: अर्को कार्गो जहाजमाथि तट नजिकै आक्रमण
काठमाडौं । यमनको तट नजिकै अर्को व्यापारिक जहाजमा आक्रमण भएको खबर छ । त्यहाँको एउटा कार्गो जहाजमा ड्रोनले आक्रमण गरेको एक सुरक्षा फर्मले जनाएको छ । यो जहाज बेलायती कम्पनीको हो ।
जहाजमा सामान्य क्षतिको खबर आए पनि यात्रा जारी राखेको छ । अर्को घटनाको सन्दर्भमा, अमेरिकी सेनाले आइतबार हुथी विद्रोहीहरूले प्रहार गरेका दुई ड्रोनको बिरूद्ध सुरक्षामा आक्रमण गरेको बताएको छ।
हुथी विद्रोहीहरूले यमन नजिकैबाट गुज्रिरहेका जहाजहरूलाई लगातार निशाना बनाएका छन्। गाजामा इजरायलले गरेको कारबाहीको जवाफस्वरूप आफूले यी आक्रमणहरू गरिरहेको उनीहरूले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment