म्यानमारसँगको १६४३ किलोमिटर लामो सीमामा भारतले तारबार लगाउने

डिसी नेपाल
२४ माघ २०८० १३:२०

काठमाडौं । भारतको केन्द्र सरकारले म्यानमारसँगको १६४३ किलोमिटर लामो सीमामा तारबार लगाउने निर्णय गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

यसबाट सीमामा राम्रो निगरानी, ​​गस्ती र ट्र्याकिङ गर्न सकिने उनले बताए । उनले मणिपुरको मोरेहमा १० किलोमिटर लामो सीमामा तारबार लगाउने काम भएको बताए ।

शाहले भने, “हाइब्रिड सर्भेलेन्स सिस्टम (एचएसएस) मार्फत तारबार लगाउने दुईवटा पाइलट प्रोजेक्टमा काम भइरहेको छ। यस अन्तर्गत अरुणाचल प्रदेश र मणिपुरको एक किलोमिटर लामो सीमामा तारबार लगाइनेछ।”

उनले मणिपुरमा करिब २० किलोमिटर लामो तारबार लगाउन स्वीकृत भइसकेको र छिट्टै काम सुरु हुने बताए ।

मणिपुरमा विगत केही महिनादेखि हिंसा भइरहेका बेला तारबार लगाउने यो घोषणा भएको हो । यस राज्यको करिब ४०० किलोमिटर लामो सीमा म्यानमारसँग जोडिएको छ।

भर्खरै मुख्यमन्त्री एन बिरेन सिंहले विगतको केन्द्र सरकारहरूले पूर्वोत्तर राज्यहरूलाई बेवास्ता गरेको आरोप लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *