म्यानमारसँगको १६४३ किलोमिटर लामो सीमामा भारतले तारबार लगाउने

डिसी नेपाल
२४ माघ २०८० १३:२०
216
Shares

काठमाडौं । भारतको केन्द्र सरकारले म्यानमारसँगको १६४३ किलोमिटर लामो सीमामा तारबार लगाउने निर्णय गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

यसबाट सीमामा राम्रो निगरानी, ​​गस्ती र ट्र्याकिङ गर्न सकिने उनले बताए । उनले मणिपुरको मोरेहमा १० किलोमिटर लामो सीमामा तारबार लगाउने काम भएको बताए ।

शाहले भने, “हाइब्रिड सर्भेलेन्स सिस्टम (एचएसएस) मार्फत तारबार लगाउने दुईवटा पाइलट प्रोजेक्टमा काम भइरहेको छ। यस अन्तर्गत अरुणाचल प्रदेश र मणिपुरको एक किलोमिटर लामो सीमामा तारबार लगाइनेछ।”

उनले मणिपुरमा करिब २० किलोमिटर लामो तारबार लगाउन स्वीकृत भइसकेको र छिट्टै काम सुरु हुने बताए ।

मणिपुरमा विगत केही महिनादेखि हिंसा भइरहेका बेला तारबार लगाउने यो घोषणा भएको हो । यस राज्यको करिब ४०० किलोमिटर लामो सीमा म्यानमारसँग जोडिएको छ।

भर्खरै मुख्यमन्त्री एन बिरेन सिंहले विगतको केन्द्र सरकारहरूले पूर्वोत्तर राज्यहरूलाई बेवास्ता गरेको आरोप लगाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *