डोनाल्ड ट्रम्पले राष्ट्रपतिले पाउने छुट उपयोग गर्न नपाउने अदालतको फैसला

डिसी नेपाल
२४ माघ २०८० १३:५०

काठमाडौं । एक अमेरिकी अदालतले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिलाई दिइएको उन्मुक्ति उपयोग गर्ने अधिकार नभएको र पछिल्लो राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोपमा मुद्दा चलाउन सकिने बताएको छ ।

ट्रम्पले आफू आपराधिक मुद्दाबाट मुक्त भएको दाबी गरेका थिए किनभने उनीमाथिको आरोप उनी पदमा रहँदादेखिकै हो। तर, मंगलबार वासिङ्टन डिसी अदालतले दिएको आदेशले ट्रम्पको दाबीलाई खारेज गरेको छ ।

यो निर्णय ट्रम्पका लागि ठूलो झट्का मानिएको छ किनभने उनले वर्षौंदेखि राष्ट्रपतिलाई आफ्ना विरुद्ध दायर धेरै मुद्दामा उन्मुक्ति दिइने संवैधानिक व्यवस्थाको बहस गर्दै आएका छन्।

पूर्व राष्ट्रपति ट्रम्पले अदालतको यस निर्णयको विरुद्धमा अपील गर्न सक्छन्, जसको मतलब अब यो मामिला अमेरिकाको सर्वोच्च अदालतमा जानेछ।

अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले ७७ वर्षीय ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितको नतिजा उल्ट्याउन खोजेको र पदमा रहन चुनावमा धाँधली गरेको आरोप लगाएका थिए ।

यस मुद्दाको सुनुवाई यसअघि मार्च ४ मा हुने भनिएपनि ट्रम्पले गरेको इम्युनिटी दाबीको मामिलामा फैसला हुन बाँकी रहेकाले स्थगित गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *