राजा चार्ल्सबारे ‘जीवित नास्त्रेदमस’ को भविष्यवाणी मिल्यो

डिसी नेपाल
२४ माघ २०८० १४:०१

काठमाडौं । भविष्य देख्ने दाबी गर्ने एथोस सालोमे नामका व्यक्तिले बेलायतका राजा चार्ल्स तृतीयको बारेमा भविष्यवाणी गरेका थिए । मानिसहरूले यो भविष्यवाणी सत्य भएको बताएका छन् ।

एथोस ब्राजिलमा बस्छन्। उनको भविष्यवाणीको कारण उनलाई जीवित नास्त्रेदमस पनि भनिन्छ। उनले राजा चार्ल्सको स्वास्थ्य राम्रो नहुने बताएका थिए । उनले भनेका थिए ‘राजा चार्ल्सले आफ्नो स्वास्थ्यको दोहोरो हेरचाह गर्नुपर्छ।’

उनले गरेका धेरै दाबीहरु सत्य सावित भएका छन् । यसमा गत वर्ष महारानी एलिजाबेथ द्वितीयको मृत्युदेखि लिएर एलोन मस्कले ट्विटरलाई एक्स बनाउनु जस्ता घटना समावेश छन् ।

किंग चार्ल्स गत हप्ता लन्डनको अस्पतालबाट डिस्चार्ज भएका थिए। यहाँ उनको उपचार भइरहेको थियो । बकिङ्घम प्यालेसले सोमबार, फेब्रुअरी ५ मा राजालाई एक प्रकारको क्यान्सर भएको घोषणा गरेको छ। र उनको उपचार सुरु भएको छ । लन्डनको बकिंघम प्यालेस बेलायतको शाही परिवारको आधिकारिक निवास हो।

बकिङ्घम प्यालेसका अनुसार अस्पतालमा राजाको अन्य कुनै रोगको उपचार भइरहेको थियो । क्यान्सरसँग यसको कुनै सम्बन्ध छैन। ७५ वर्षीय राजालाई भएको क्यान्सरको प्रकारबारे जानकारी दिइएको छैन। तर, उनी उपचारका लागि पूर्णरुपमा सकारात्मक रहेको बताइएको छ ।

उनी जतिसक्दो चाँडो सार्वजनिक जीवनमा फर्किन पनि आतुर छन् । डेली स्टारसँगको एक अन्तर्वार्तामा, सलोमेले भने – राजाको अस्पतालमा भर्नाले उनको भविष्यवाणी सत्य भएको देखाउँछ।

सलोमेले राजाको स्वास्थ्यबारे हालै मात्र नभएर पहिल्यै जानकारी गराएका थिए । उनले राज्याभिषेकका बेला राजाले आफ्नो स्वास्थ्यको दोब्बर ख्याल गर्नुपर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *