जेलमा इमरान खानलाई मजदुरीको काम दिइयो !

डिसी नेपाल
२४ माघ २०८० १४:४०

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई हालै सिफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई रावलपिंडीको अडियाला जेलमा राखिएको छ । पाकिस्तानी मिडियाका अनुसार इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीले हाई प्रोफाइल कैदी भए पनि जेलमा श्रमिकको रूपमा काम गर्नुपर्नेछ।

‘द एक्सप्रेस ट्रिब्यून’ रिपोर्टका अनुसार ७१ वर्षीय इमरान र ६७ वर्षीय कुरैशीलाई अलग–अलग उच्च दर्जाका बन्दी बनाएर राखिएको छ । इमरान पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का संस्थापक अध्यक्ष हुन् भने कुरेशी पार्टीका उपाध्यक्ष हुन्।

रिपोर्टका अनुसार दुवै नेताले राम्रो श्रेणीको कारागारमा कैदीहरूलाई दिइने सुविधाको फाइदा उठाइरहेका छन्, जुन उनीहरूले सजाय सुनाउनुअघि पाएका थिए, जसमा व्यायाम मेसिनको पहुँच पनि थियो।

दुवै जनालाई कारागार नियमावली अनुसार दुई सेट कारादारको पोशाक दिइएको छ । यद्यपि पीटीआई अध्यक्ष अझै अन्य मुद्दाहरूमा सुनुवाइको सामना गर्दै छन्, तर उनलाई जेलको पोशाक लगाउन अनिवार्य गरिएको छैन। दुवै कैदीले लिखित आदेश अनुसार जेल श्रम पनि परिसरभित्रै गर्ने छन् ।

स्रोतलाई उद्धृत गर्दै रिपोर्टले कारागार कारखाना, भान्छा, अस्पताल, बगैंचा आदिमा सामान्य कैदीबन्दीहरूमाझ हाई प्रोफाइल कैदी राख्न नपाइने उल्लेख गरेको छ । त्यसैले उनीहरुलाई कारागार प्रशासनले तोकेको मर्मत सम्भार वा अन्य कामका लागि उनीहरुको परिसरमा राखिनेछ ।

दुवै कैदीले तोकिएको कक्षा अनुसार आफ्नै खाना तयार गर्न सक्छन्। उनीहरुले जेल म्यानुअल अनुसार बनाइएको खाना पनि खान पाउँछन् । त्यसैगरी तोशखाना मुद्दामा दोषी ठहर भएका इमरान खानकी पत्नी बुशरा बीबीलाई एटक र मुल्तानबाट एक–एक महिला सहायक सुपरिटेन्डेन्टको नेतृत्वमा महिला प्रहरी खटाइएको छ ।

अडियाला जेलका पुरुष अधिकारीहरू बनी गाला निवासको बाहिरी सिमानामा तैनाथ गरिएको छ र इस्लामावाद पुलिस यसको वरिपरि सुरक्षाको जिम्मेवार छ। स्रोतका अनुसार ४९ वर्षीय पूर्वप्रथम महिलालाई कारागार प्रशासनले बिहानको खाजा, दिउँसो र बेलुकीको खाना जेल नियमावलीअनुसार उपलब्ध गराउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *