पूर्वी बगदादमा हिजबुल्लाहका एक वरिष्ठ सैन्य कमाण्डर मारिए

डिसी नेपाल
२५ माघ २०८० ९:३५

बग्दादा। पूर्वी बगदादमा हिजबुल्लाहका एक वरिष्ठ सैन्य कमाण्डर मारिएका छन् । उनी चढेको एउटा गाडीमा ड्रोन हमला भए पछि उनी मारिएका हुन् ।

तीन अमेरिकी सेनालाई मार्ने आक्रमणमा संलग्न रहेको भनिएका इराकमा रहेको इरान समर्थित सशस्त्र समूहका उनी सदस्य थिए ।

बुधबार राती लक्षित गरिएको गाडी इराकको लोकप्रिय मोबिलाइजेसन फोर्सेस दर्जनौं सशस्त्र समूह माथी अमेरिकाले हमला गरेको हो ।

इराकमा इरान समर्थित सशस्त्र समूहका दुई अधिकारीहरूले मारिनेहरूमा वरिष्ठ कमाण्डर अबु बाकिर अल–सादी रहेको स्थानीय आउटलेट सबरीन न्यूजले पुष्टी गरेको छ । उसका अनुसार उक्त विस्फोटमा अल–सादी मारिएको जानकारी दिइएको छ।

इराकी राजधानीमा धेरै विस्फोट सुनिएको थियो र सुरक्षा स्रोतहरूले तीन व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

बग्दादको पूर्वमा आक्रमण भएको क्षेत्र सशस्त्र गुटहरूको गढको रूपमा परिचित रहेको छ । कताइब हिजबुल्लाह लडाकुहरू र कमाण्डरहरू का हिस्सा हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *