पाकिस्तानः इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले

डिसी नेपाल
२५ माघ २०८० ९:३८

इस्लामबाद । जेलमा रहेका पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् । पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन् ।

पूर्व प्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्र मार्फत मतदान गरेका सो मिडियाले जनाएको छ ।

हुलाक मार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्व मुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन् ।

तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्था खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परे पछि मतदानमा सहभागी हुन कानुनतः पाइनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *