पाकिस्तानमा निर्वाचन जारी, मोबाइल सेवा गराइयो बन्द

डिसी नेपाल
२५ माघ २०८० ९:५०

इस्लामबाद। पाकिस्तानमा मोबाइल सेवा ‘अस्थायी रूपमा’ बन्द गरिएको छ ।

पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।

एक विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘आतंकवादी गतिविधिमा भर्खरैको बृद्धिले बहुमूल्य जीवनको कारणले गर्दा देशको सुरक्षा वातावरण खलबलिएको छ, सुरक्षा खतराहरूबाट जोगाउन उपायहरू लिन आवश्यक छ।’

पाकिस्तानमा निर्वाचन जारी छ र निर्वाचन अघि भएको आतंकबादी हमलामा हिजो ३० जनाले ज्यान गुमाएका थिए । सो घटना पछि आजको आम निर्वाचनमा ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *