जिम्बाब्वेमा मृत्युदण्डको कानुन अन्त्य गर्ने निर्णय

डिसी नेपाल
२५ माघ २०८० १५:४३

काठमाडौं । जिम्बाब्वे सरकारले देशमा मृत्युदण्डको सजाय खारेज गर्ने जनाएको छ । देशव्यापी छलफलपछि यो सजाय खारेज गर्ने निर्णय गरिएको सूचनामन्त्री जेनफान मुस्वेरले जानकारी दिए ।

जिम्बावेमा विगत २० वर्षमा कसैलाई पनि फाँसी दिइएको छैन ।

यो निर्णयपछि अब त्यस्ता कैदीको सजाय प्राविधिक रुपमा जन्मकैदमा परिणत हुने विश्वास गरिएको छ । तर, सरकारले मृत्युदण्डसम्बन्धी कानुनमा यी परिमार्जन कहिलेदेखि लागू हुने हो भन्ने कुनै घोषणा गरेको छैन । जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा मृत्युदण्डको कडा विरोध गर्दै आएका छन्।

६० को दशकमा देशको स्वतन्त्रता संग्राममा उनलाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो तर पछि उनको सजाय घटाइएको थियो ।

जिम्बाब्वेको स्वतन्त्रता संग्रामका क्रममा इमर्सन मनंगाग्वालाई रेलमा बम विष्फोट गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *