भारत र म्यानमारबीच स्वतन्त्र आवतजावतमा प्रतिबन्ध लगाइयो

डिसी नेपाल
२५ माघ २०८० १६:०९

काठमाडौं । गृहमन्त्री अमित शाहले भारत र म्यानमारबीच चलिरहेको स्वतन्त्र आवतजावतको व्यवस्था तुरुन्तै अन्त्य भएको बताएका छन् । देशको आन्तरिक सुरक्षा र जनसांख्यिकीय संरचनालाई ध्यानमा राखेर यस्तो गरिएको हो । गृहमन्त्री अमित शाहले ट्वीटरमार्फत यो जानकारी दिएका हुन् ।

शाहले लेखेका छन्, ‘गृह मन्त्रालयले देशको आन्तरिक सुरक्षा सुनिश्चित गर्न र म्यानमारसँग सीमा जोडिएका भारतका उत्तर–पूर्वी राज्यहरूको जनसांख्यिकीय संरचनालाई कायम राख्न भारत र म्यानमारबीचको स्वतन्त्र आवतजावत व्यवस्था (एफएमआर) अन्त्य गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालय अहिले खारेज गर्ने प्रक्रियामा छ, त्यसैले गृह मन्त्रालयले एफएमआरलाई तत्काल निलम्बन गर्न सुझाव दिएको छ।”

भारत सरकारले म्यानमारसँगको १६४३ किलोमिटर लामो सीमामा तारबार लगाउने निर्णय गरेको छ । त्यसमध्ये १० किलोमिटर सीमानामा तारबार लगाउने काम पनि सकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *