पाकिस्तानी सेना प्रमुखले निर्वाचन आयोगलाई धन्यबाद दिँदै भने- अब देशमा स्थिरता होस्
इस्लामबाद। पाकिस्तानको चुनावी नतिजामा सेना प्रमुखको भनाइ बाहिर आएको छ।
सेना प्रमुख असिम मुनीरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएका छन्। असिमले निर्वाचनलाई सहज रुपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद समेत दिए।
शनिबार सेना प्रमुख असिम मुनिरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएको पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन्। साथै, असिमले यो निर्वाचनबाट देश अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नको लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेकोसमेत बताएका छन्।
असिमले यो निर्वाचनबाट देशले अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नको लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पाकिस्तानी सेना प्रमुखले सबै लोकतान्त्रिक शक्तिलाई सम्हाल्ने सरकारले राष्ट्रिय उद्देश्य पूरा गर्ने विश्वास व्यक्त गर्दै यो निर्वाचनले राजनीतिक, आर्थिक स्थायित्व, शान्ति र समृद्धि ल्याउने कामना पनि गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment