वाफ महिला च्याम्पियनसिपमा सहभागी हुने महिला फुटवल टोलीको विदाई (भिडियोसहित)

डिसी नेपाल
४ फागुन २०८० १४:१८

काठमाडौं। साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटवल टोलीको विदाई गरिएको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएतले नेपाली टोलीको विदाई गरेका थिए । फागुन ७ गतेबाट सुरु हुने च्याम्पियनसिपमा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने अर्को समूहमा अर्को समूहमा साउदी , लेबनान लगाएत छन् ।

विदाई कार्यक्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जितको लक्ष्यका साथ मैदान उत्रिने र तयारी राम्रो भएको बताए । उनले टिमलाई बलियो बनाउन ग्रासरुटलाई नै बलियो बनाउदै लैजानुपर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय महिला फुटवल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वाफ महिला च्याम्पियनसिप अवसरको रुपमा लिएको र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताइन् ।

नेपालले फागुन ८ गते सिरिया, फागुन १० गते इराक र फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी सम्बासहित २३ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *