अखिल भारत नेपाली एकता मञ्च लुधियानाको नगरसमिति पुनर्गठन

रमा थापा
६ फागुन २०८० २०:२२

भारत। नेकपा (माओवादी केन्द्र)निकट अखिल भारत एकता मञ्च लुधियाना जिल्ला अन्तर्गत पूर्वी नगर समितिको पुनर्गठन गरिएको छ ।

कार्यक्रमा उपस्थित अतिथि तथा वक्ताहरुले आफ्नो धारणा राख्ने क्रममा उक्त कुराहरू आफूहरुलाई मान्य नभएकोकाले भेला बोलाएर समिति पुनर्गठन गर्न बाध्य भएको बताएका छन्।

पूर्वनेतृत्वहरु अराजक बनेको, पार्टीको नीति नियम विपरीत गतिविधि गर्दै आएको साथै पीडितहरुलाइ न्याय दिलाउन पहल गर्नुको साटाे विभिन्न प्रभाव एवं दबाबमा पारेर पीडितलाई थप पीडा दिने कार्य गरेकाे बताए।

कार्यक्रमको प्रमुख अतिथि अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिवालय सदस्य तथा दक्षिण एसिया समन्वय समिति सदस्य चित्र बहादुर परियार रहेका थिए।

यस्तै अतिथिहरुमा अखिल भारत नेपाल एकता मंचकी केन्द्रीय सदस्य मेनुका बराल केन्द्रीय समिति सदस्य तथा राज्य इन्चार्ज पदम केसिको उपस्थिति रहेको थियो।

कमला गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको भेलाले बाबुराम बिकको अध्यक्षतामा ११ सदस्यीय नगर समिति पुनर्गठन गरेकाे हो।

अध्यक्षमा बाबुराम बिक, उपाध्यक्ष हर्कबहादुर बिक, टिकाराम बिक, बसन्त थापा, सचिवमा बाबुराम परियार, कोषाध्यक्षमा विजय पुन, सदस्यहरुमा छबिलाल बिक, कुमार नेपाली, सचिन थापा,एस कुमार थापा र एक सदस्य पहिलो बैठकबाट मनोनयन गर्नेगरी ११ सदस्यीय नगर समिति गठन गरिएको अध्यक्ष बिकले डिसी नेपाललाई बताए ।

भेलाले महिला नगर समिति पनि गठन गरेको छ। जसमा अध्यक्ष उमा बिक,उपाध्यक्ष बसन्ती बिक,सुनिता श्रेष्ठ सचीव लक्ष्मी परियार कोषाध्यक्ष मन्जु परियार सदस्यहरुमा सुनिता बिक,जुना बिक,कमला परियार,खुस्बु बिक,तिल कुमारी खासु र सल्लाहकारमा कमला गुरुङ रहेका छन्।

उक्त भेलाले हर्क बहादुर बिक अध्यक्ष र कमल शर्मा सचीव रहने गरि १६ सदस्य एरिया समिति पनि गठन गरेको छ ।

नयाँ समितिले साच्चिकै जनपक्षीय काम गर्दै जानेमा विश्वस्त रहेको र अराजक र पार्टी नीति विपरीत काम गर्नेहरूका विरुद्ध अर्को नयाँ अध्यायको सुरुवात गरिएको कार्यक्रमका प्रमुख अतिथि चित्रबहादुर परियार ,अतिथिद्वय मेनुका बराल र पदम केसी लगायतले आफ्नो धारणा राख्ने क्रममा बताएका थिए।

कार्यक्रमको सञ्चालन  सचिव परियारले गरेका थिए भने अध्यक्षता नवगठित समितिका अध्यक्ष बिकले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *