चितवन आउने पर्यटकका लागि प्याकेज टुरको ब्यवस्था

डिसी नेपाल
१७ फागुन २०८० १५:३६

चितवन। भरतपुर भ्रमण बर्ष २०२४ को पूर्वसन्धामा चितवनका होटल व्यवशायीहरुले चितवनमा आउने पर्यटकहरुको लागि प्याकेज टुरको ब्यबस्था गरेको छ ।

भ्रमण बर्षमा पर्यटकहरुको बसाई लम्बाउन प्याकेज १ र प्याकेज २ को ब्यवस्था गरेको नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिने कुमार चुकेले बताए।

प्याकेज १ मा चितवनको अम्रेला स्ट्रिट बाटुली पोखरी बिसहजारी ताल गणेश धाम देवघाट र नारायणी नदी किनारको आरती सम्म रहेको र प्याकेज २ मा पश्चिम चितवनको लक्ष्मी बैकुण्ठनाथ मन्दीर जेम्स वल्ड मुकन्दश्वर महादेब राईनोक्रुज ज्ञानेश्वर सामुदायीक वन, सेतीदेबी सामुदायीक वन र मेघौलीको गोलाघाटसम्मको रहेको उनको भनाई छ ।

भरतपुर भ्रमण बर्ष २०२४ मा आउने पर्यटकहरुलाई चितवनको धार्मीक र पर्यटकीय स्थलहरुका साथै दुर्लभ बन्यजन्तुहरुको समेत अबलोकन गराउने कार्यक्रम रहेको अध्यक्ष चुकेले बताए।

चितवनका सबै होटल ब्यबशायीहरुले चितवनमा आएर घुम्न चाहने पर्यटकहरुलाई १ दिन र आधा दिनको प्याकेज टुरको ब्यबस्था मिलाएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले बताए ।

उक्त प्याकेज टुर भरतपुर भ्रमण बर्ष २०२४ को अबसर पारेर शुरु गरेको हो । उक्त प्याकेज टुर फलदायी हुने होटल व्यवसायीहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *