नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने

डिसी नेपाल
१९ फागुन २०८० १८:४६

काठमाडौँ। नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। हङकङ क्रिकेट संघले मार्च ९ देखि १३ मार्चसम्म हङकङ,  नेपाल र पपुवा न्यूगिनी सम्मिलित टी-२० सिरिज हुने जानकारी दिएको हो।

त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन्। मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन्।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ। साथै सिरिज अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *