रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड

डिसी नेपाल
२० फागुन २०८० ८:४८

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न रियल म्याड्रिड र भलेन्सियाबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ९९औ मिनेटमा रियल म्याड्रिडका जुडे बेलिंगघमले गोल गर्दै रियललाई जित दिलाए पनि रेफ्रीले गोल दिएनन् भने उनले बेलिंघमलाई रातो कार्ड दिएका थिए ।

यस अघि खेलको ३० मिनेटमा २(० ले पछि परेको रियल म्याड्रिडलाइ भिनिसियस जुनियरले २ गोल गर्दै खेलमा फर्काएका थिए । त्यस्तै भलेन्सियाका लागि भने हुगो डुरो र रोमन यारेमचुकले एक एक गोल गरेका थिए ।

खेलपछि रियल म्याड्रिडले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अनौठो घटना भनेको छ ।

यो बराबरीपछि रियल म्याड्रिडको २७ खेलमा ६६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी भलेन्सियाको भने २६ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *