इन्टर मियामीको फराकिलो जित
![इन्टर मियामीको फराकिलो जित](https://www.dcnepal.com/wp-content/uploads/2024/03/newskarkahna-news654240.jpg)
काठमाडौं। अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले फराकिलो जित हासिल गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा लुयोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरेका थिए भने रोबेर्ट टेलरले एक गोल गरेका थिए ।
नयाँ सिजनमा इन्टर मियामीको यो दोस्रो जित हो भने एक खेल बराबरी खेलेको थियो । ३ खेलमा दोस्रो जित हासिल गरेको इन्टर मियामी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment