अन्तर विद्यालय टिचर्स फुटसलको उपाधि ब्रह्मकुञ्जलाई

काठमाडौं । चेल्सी वल्र्ड स्कुलले आयोजना गरेको १० औं अन्तर विद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि ब्रह्मकुञ्ज शिक्षा सदनले जितेको छ ।
गोकर्णेश्वर नगरपालिका–८,अत्तरखेलस्थित आयोजक चेल्सी वल्र्ड स्कुलको फुटसल खेल मैदानमा भएको फाइनल खेलमा ब्रह्मकुन्ज शिक्षा सदनले भ्याली भ्यू इङ्गलिस स्कुललाई ३–१ गोलले पराजित ग¥यो ।
खेलमा ब्रह्मकुञ्जका अविन थापा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडी घोषित भए भने प्रतियोगिताभर ३ गोल गरेका भ्याली भ्यू इङ्गलिस स्कुलका सुधिर महर्जन सर्वाधिक गोलकर्ता छानिए ।
यसैगरी चेल्सी वल्र्ड स्कुलका रोशन राईले मोस्ट इन्सपायरिङको पुरस्कार जिते । अनुशासित टिमको उपाधि जेम्स स्कुले जित्यो ।
विजेता टिमलाई नेपाल नेशनल फुटबल टिमका हेड कोच भिन्सेन्जो अलबर्टो एन्नेसेले २० हजार नगद, प्रमाणपत्र, ट्रफी र मेडल हस्तान्तरण गरे ।
हेड अफ इलाइट एन्ड युथ (एन्फा) का नविन महर्जनले उपविजेता टिमलाई १० हजार नगद, प्रमाणपत्र, ट्रफी र मेडल हस्तान्तरण गरे ।
शनिवार सकिएको प्रतियोगितामा उपत्यका भित्रका विद्यालका शिक्षकहरुको १६ टिमको सहभागिता रहेको थियो ।
Facebook Comment