बागमतीमा कांग्रेसका ६ मन्त्रीले दिए राजीनामा

डिसी नेपाल
२४ फागुन २०८० ९:३७

काठमाडौं। बागमतीमा कांग्रेसका ६ मन्त्रीले राजीनामा दिएका छन्। केन्द्रमा सत्ता समीकरणको फेरबदलसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्तासहित ६ मन्त्रीले राजीनामा दिएका हुन् ।

बुधबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एकसाथ उनीहरूले सरकारलाई दिएको समर्थन फिर्तासहित राजीनामा पत्र बुझाएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा कांग्रेसका ६, एकीकृत माओवादीका ३ र एकीकृत समाजवादीका २ मन्त्री रहेका छन् । जसमध्ये कांग्रेसको तर्फबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, ऊर्जा खानेपानी तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशीले राजीनामा दिएका हुन् ।

कुल १ सय १० जना प्रदेशसभा सदस्य रहेको बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *