साहित्य संगीत प्रेमी मण्डलीको अर्को संस्करण सुरु हुने

डिसी नेपाल
११ चैत २०८० १३:१७
200
Shares

काठमाडौं। विभिन्न मुलुकमा रहेका नेपालीमुलका नागरिकले आफ्ना पुर्खा कसरी विदेश पलायन भएका थिए भन्ने विषयमा बालबालिकालाईसमेत बुझाउने गरी कार्यक्रमको आयोजना गरिने भएको छ।

थाइल्याण्डको बैंककमा गत बर्ष स्थापना भएको साहित्य संगीत प्रेमी मण्डलीको कार्यक्रमको अर्को संस्करण सुरु हुने भएको हो। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वली प्रमुख अतिथि रहेको कार्यक्रममा साहित्य संगीत प्रेमी मण्डलीको अर्को संस्करण सुरु हुने जानकारी गराइएको थियो।

कार्यक्रमा आफूहरुका पुर्खा कसरी बिदेश पलायान भएका थिए भन्ने बारेमा सहभागी सबैजनालाई आफ्नो कवि भाषामा मात्र नभई बाल बालिकाहरुले पनि बुझ्ने गरी साधारण शैलीमा प्रष्ट पार्ने काम भएको थियो। थाई नेपाली संघ बैंकक शाखा, शिक्षा बिभाको अन्तरगत शिक्षा बिभाग प्रमुख ओमप्रकाश न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा टिएनएकापदाअधिकारीलगायत नेपाली पाठशालामा पढ्ने विद्यार्थीले जागृत संगतिलगायत अन्य कला प्रदर्शन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *