घर पोत्ने माटो निकाल्ने क्रममा ढिस्कोमा पुरिएर डोटीमा एक महिलाको मृत्यु
डोटी। डोटीमा बिसु पर्व (नयाँ वर्ष)को अवसरमा घर पोत्नका लागि माटो निकाल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओभाको आइतबार दिउँसो अढाई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ।
भागादेवीसँगै माटोको ढिस्कोले च्यापिएकी ५० वर्षीया पार्वती खड्काको जीवितै उद्धार गरिएको छ। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment