इलाम कारागारका कैदीबन्दीले सामूहिक रुपमा मनाए होली

डिसी नेपाल
११ चैत २०८० २२:१४
100
Shares

इलाम। इलाम सदरमुकामस्थित इलाम कारागारका कैदीबन्दीले होली पर्व मनाएका छन् । कारागारभित्र रहेका एक सय ५० कैदीबन्दीले एकले अर्कालाई रंग दलेर सामूहिक रुपमा होली पर्व मनाएका हुन्।

कारागार कार्यालयका प्रमुख प्रमुख गौरव ढुंगेल, चौकीदार र नाइकेहरुले कारागारभित्र रहेका कैदीबन्दीलाई रंग तथा अबिर लगाइदिएका थिए । मानसिक अस्वस्थताबाट मुक्तिका लागि कारगारभित्र होली पर्व मनाइएको कारागार प्रमुख ढुंगेलले बताए।

“जेलजीवन बिताइरहेका कैदीबन्दीका साथ रंग अबिर साटासाट गरी होली पर्व मनाइएको छ,” उनले भने, “आफूले पाएको सजायकै कारण मानसिक रुपमा अस्वस्थ भएकालाई सहभागी गराएर होली पर्व मनाएका हौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *