सुनसहित विमानस्थलबाट एक जना पक्राउ

डिसी नेपाल
१३ चैत २०८० १८:०२
448
Shares

काठमाडौं। भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेका छन्।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *