रास्वपाबाट अलग भए रमेश खरेल

डिसी नेपाल
१४ चैत २०८० १६:५०
4.2k
Shares

काठमाडौं। रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्। नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका खरेलले बुधबार राजीनामा बुझाएका हुन्।

रास्वपाले केन्द्रीय सदस्यमा मनोनीत गरेपनि उनी पार्टीको सदस्यका रुपमा मात्रै रहेको बताउँदै आएका थिए। रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए।

आफूले चलाउँदै आएको टेलिभिजन शोमा  गृह मन्त्री रहेका आफ्नै सभापति रवि लामिछानेको आलोचना गरेका उनलाई रास्वपाले स्पष्टीकरण सोधेपछि राजीनामा दिएका हुन्।

२०७९ को निर्वाचनमा काठमाडौं–१ मा स्वतन्त्र चुनाव लडेका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदार बनेका थिए । सो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *