जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

डिसी नेपाल
१५ चैत २०८० ८:३९

झापा। झापाको शिवसताक्षी नगरपालिका वडा नं। ११ का दम्पतिमाथि जंगली हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी-११ वस्ने ६० बर्षीय पबित्रा भेटवाल रहेकी छन् । हात्तीको आक्रमणबाट सँगै घाँसदाउरा गएका भेटवालका श्रीमान् घाइते भएका छन्। मृतकका श्रीमान् ६२ बर्षीय घाइते दिलिप भेटवालको भने उपचार भइरहेको छ ।

बुधबार अपरान्ह पौने ५ बजे तिर शिवसताक्षी नगरपालिकाको रतुवामाइ बृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न गएको समय हात्तीले आक्रमण गरेको थियो ।

मृतकको सनाखत गरी आवश्यक कारबाही बढाइएको छ भने घाईते भेटवालको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *