रास्वपाले गर्‍याे इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग छलफल

डिसी नेपाल
१५ चैत २०८० १८:०१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बन्न नाम दर्ता गराएका प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको छ।

पार्टीका महामन्त्री डा. मुकुल ढकालसहितका नेताहरुको उपस्थितिमा सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको हो।

इलाम–२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन्।

रास्वपाले पार्टीको नीति अनुसार प्रारम्भिक उम्मेदवारहरुबीच मतदानपछि उम्मेदार तय गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *