९ दिनको लामो विदेश भ्रमणपछि सभामुख घिमिरे आज स्वदेश फर्किदै

डिसी नेपाल
१६ चैत २०८० ८:३७

काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली ९ दिनको लामो विदेश भ्रमणपछि आज स्वदेश फर्किदैछन्।

जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे सहितको टोली आज स्वदेश फर्किएका हुन् ।

सभामुख नेतृत्वको टोली बिहान ९ बजे कतार एअरवेज मार्फत काठमाडौं आइपुग्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

टोलीले भ्रमणबारे त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिने सभामुख घिमिरेका प्रेस संयोजक शेखर अघिकारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *