हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

डिसी नेपाल
१६ चैत २०८० १०:३८
2.1k
Shares

हेटौंडा। हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ।

हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो।

शुक्रबार प्रदेश राजधानी हेटौंडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णय विरुद्ध गएका भन्दै बज्राचार्यलाई कारबाही गर्ने जनाएका हुन्।

बज्राचार्य बिहीबार मात्रै प्रदेशको संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए । उनी सत्ता साझेदार दलहरुसँग ५ बुँदे सहमती गर्दै सरकारमा सहभागी भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *