व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतको सफाइ
चितवन। व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले सफाइ दिएको छ। बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले दाबि नपुगेको भन्दै सफाई दिएको हो।
चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेलको मृत्यु प्रकरणमा व्यवसायी रुङटामाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थियो।
व्यवसायी कँडेल गत बैशाख २० गते भरतपुरको बेलचोकस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
घटनास्थलमा फेला परेको सुसाइट नोटमा आफ्नो व्यवसायमा जोडिएका दुई जनाको नाम उल्लेख थियो। सोही आधारमा प्रहरीले व्य्वासायी रुङटा र जीवन बहादुर रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment