रास्वपाबाट उम्मेदवार बनेपछि मिलन लिम्बुलाई प्रेस सेन्टरले गर्‍यो बर्खास्त

डिसी नेपाल
१६ चैत २०८० १५:५७

काठमाडौं। वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई  नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बर्खास्त गरेको छ ।

माओवादी केन्द्रमा आवद्ध लिम्बुलाई रास्वपाले इलाम- २ बाट उम्मेदार बनाउने निर्णय गरिसकेको छ। लिम्बुलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ।

लिम्बु प्रेस सेन्टरका सचिव र माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य समेत थिए। उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपातिर लागे पछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *