अर्थ मन्त्रालयद्वारा बजेट लेखन समिति गठन

डिसी नेपाल
१६ चैत २०८० १७:४९
44
Shares

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आज आगामी आवका लागि बजेट लेखन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ।

आगामी आवको बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य छन् ।

समिति संयोजक शर्माले भोलि शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए। विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उपनिर्देशक शर्माले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *