ब्लड डोनर्स सोसाइटी नेपाल र नेपाल कल्याण समाज जापानको सहकार्यमा नेपालभर रक्तदान गरिँदै

डिसी नेपाल
१८ चैत २०८० १६:३९

काठमाडौं । नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्माको व्यक्तिगत आर्थिक सहयोग र नेपाल कल्याण समाज जापानको संस्थागत आर्थिक सहयोगमा ब्लड डोर्नस सोसाइटी नेपाल संग सहकार्य गरि नेपालका विकट जिल्ला देखि बिभिन्न शहरसम्म रक्तदान कार्यक्रम गरिँदैछ ।

विगत लामो समय देखि सामाजिक सेवामा कार्यरत सामाजिक सस्था ब्लड डोनर्स सोसाइटी नेपाल र जापानमा रहेका नेपालीहरुको सस्था नेपाल कल्याण समाज जापानबीच सामाजिक कार्यहरुमा सस्थागत सहकार्यका लागि सम्झौता भएको छ ।

नेपाल कल्याण समाज जापानको स्थापना २०२२ अगस्ट २२ तारिख का दिन भएको थियो । जापान मा बसेर नेपाल र नेपालीहरु बिच एकता र जापानमा नेपाली समुदाय बिच आउने विभिन्न समस्या को समाधान गर्न नेपाल कल्याण समाज ले ठुलो भुमिका खेलेको छ हाल यस संस्था खानागावा को ओदावारा क्षेत्रमा भएता पनि यसको विस्तार जापान भरि हुने कुरा संस्थापक पूर्व अध्यक्ष तथा महासचिव केशव सुवेदी ले जानकारी दिनु भयो ।

नेपाल र नेपाली को हितको लागी नेपाल कल्याण समाजले जिल्ला क्षेत्र जात जाति. नछुट्याई जापानमा भएका सम्पूर्ण नेपाली लाई एकजुट बनाइ नेपाल र नेपालीमा भइरहेको विभिन्न समस्या समाधान तिर लाग्नु हो ।

जस अन्तगत यस संस्थाले जापानमा आउने नव आगन्तुक विधार्थी ,डिपेडेन्ट’ कामदार भिषा मा आउने सम्पूण नेपालीलाई अभिभावक को. भुमिका निवाहा गर्दछ।

नेपाल र नेपालीहरुको संस्कृति परम्परा जोगाउनको लागी जापानमा पनि विभिन्न कायक्रम गर्ने योजना छ।यसबाट आएको सहयोग स्वरूप सामाजिक’ कार्यमा लगाइने छ। हाल ब्लड डोसर्न सोसाइटी नेपाल संग सहकार्य गरेको छ र नेपालमा रहनु भएको परिवार सदस्य जो कोही रगतको अभावमा हस्पिटल हुनुहुन्छ भने अब नेपाल कल्याण समाज जापान र ब्लड डोर्नस सोसाइटी नेपाल बिच सहकार्य सहित नेपाल अधिराज्य भरि रक्त दान कार्यक्रम गरिने छ । रगतको अभाव हुन नदिन थुप्रै कार्यक्रम गर्न सहकार्य भएको छ ।

२०८० चैत्र १३ गते बसेको भर्चुअल बैठक मार्फत उक्त सम्झौता गरिएको हो सम्झौतामा ब्लड डोनर्स सोसाइटी नेपालले नेपाल कल्याण समाज जापान लाई सस्थागत सदस्यता प्रदान गर्ने ,नेपाल समाज कल्याण जापानले सस्थाले ब्लड डोनर्स सोसाईटी नेपाललाई नगद ५०,०००/- सहयोग गर्ने ,नेपाल समाज कल्याण जापान सस्थाका उपाध्यक्ष विस्णु शर्मा द्वारा ब्यक्तिगत ५०,०००/- सहयोग गर्ने , ब्लड डोनर्स सोसाइटी नेपाल केन्द्रिय समितिको हरेक कार्यक्रमहरुमा नेपाल कल्याण समाज जापान सहकार्यमा रहने लगाएतका निर्णय भएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले जानकारी गराए ।

नेपाल कल्याण समाज जापानका उपाध्यक्ष बिष्णु शर्मा ज्यु सामाजिक अभियानता तथा समाज सेवी हाल जापानमा विभिन्न संघ संस्था आबद्ध बौद्धिक तथा व्यवसायिक व्यक्तित्व नेपाल कल्याण समाज जापान र ब्लड डोर्नस सोसाइटी संग समन्वय कार्यमा प्रमुख भुमिका खेल्नु भएको छ । उहाँले जापान तथा नेपालका थुप्रै सामाजिक संघ संस्था तथा सामजिक अभियानमा आर्थिक सहयोग गरिरहेका छन् ।

बैठकमा नेपाल कल्याण समाज जापानका अध्यक्ष सुबर्ण भट्ट ,उपाध्यक्ष विष्णु शर्मा ,उपाध्यक्ष कासीराम भण्डारी , महासचिव केशव सुवेदी , कोषा अध्यक्ष लालमणी सापकोटा , सह- कोषा अध्यक्ष भिमढकाल , सदस्यहरु खेमराज सापकोटा ( राजु ) , कृष्ण प्रसाद खरेल , सुवर्ण लामा , विशाल पंगीनी र सल्लाहाकार जय ब. खड्का र ब्लड डोनर्स सोसाइटी नेपालका तर्फबाट अध्यक्ष अर्जुन अधिकारी , वरिस्ठ उपाध्यक्ष हरि न्यौपाने , महासचिव अन्जन दवाडी ,सल्लाहकार तथा संयोजक वाल चन्द्र पोख्रेल को उपस्थित रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *