बहुमत ल्याउन सक्ने पार्टीको रुपमा कांग्रेसलाई स्थापित गर्नुपर्छः सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बहुमत ल्याउन सक्ने पार्टीको रुपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन्।
मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा देउवाले अहिले कांग्रेस देशको ठूलो पार्टी भएको भन्दै अव बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताएका हुन्।
समावेशी समानुपातीक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज भने भएको उनले बताए। सभापति देउवाले अहिलेको संविधानले महिला लगाएत सवै समूदायलाई समान अधिकार दिएकाले संसारका सवै संविधानमध्ये उत्कृष्ट संविधान रहेको जिकिर गरे।
त्यस्तै उनले संविधान अनुसार पार्टीको विधान बनाएको र कांग्रेस पूर्णरुपमा समावेशी पार्टी रहेको धारणा राखे। कार्यक्रममा नेपाली महिला आनेलनमा महिला सशक्तिकरण, राजनैतिक चेतना एवं सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउने महिलाहरुलाइ सम्मान गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment