मिथ्या आरोपका भरमा संसदीय छानबिन समिति गठन गर्न सकिन्नः सन्तोष परियार

डिसी नेपाल
१८ चैत २०८० २३:३९
196
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका छन्।

आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले देशको प्रमुख पार्टीहरुमध्येको शीर्ष नेतालाई सहकारी प्रकरणमा मिथ्या आरोप लगाइएको भन्दै यसका आधारमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका हुन्।

यस बिषयमा प्रधानमन्त्रीले नै संसदमा स्पष्ट पारेको र स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि यस बिषयमा स्पष्ट पार्न तयार रहेको उनले बताए।

मिथ्या आरोपकै भरमा कसैको राजनीतिक सांस्कृतिक अधिकारलाई संकुचित गर्न नहुने उनको भनाइ छ। परियारले कांग्रेससंग निरन्तर सम्वादमा बसेर संसदमा भएको विरोधलाई टुंगाेमा पुर्‍याउने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *