रेशम चौधरी भन्छन्- हल्लाको पछाडि नलागौं, पार्टी कसैको पेवा होइन
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन्।
सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्दौ चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताएका हुन्।
उनले भनेका छन्, ‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्कि कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन्। जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडि हामी लाग्दैनौँ। अनावश्यक हो–हल्लाको पछि नलागौँ। चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो। पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो।’
नाउपाको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रंजीता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।







डिसी नेपाल







Facebook Comment