गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता

डिसी नेपाल
२० चैत २०८० २०:५२

काठमाडौं। उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच आज शिष्टाचार भेट भएको छ।

उनीहरुबीच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्न इ–गेट (सफ्टवयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा राजदुत प्रिन्जसँग छलफल गरेका छन्। उनले भोकेसनल ट्रेनिंगमा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताए।

राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गए। राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै नेपालको अध्यागमन प्रशासन सुधार गर्न अत्यावश्यक देखिएको इ–गेट निर्माणमा सहकार्य गर्न तत्परता देखाएका छन्।

गृहमन्त्री लामिछानेले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र काम गर्न मिल्ने गरी भोकेसनल तालिममा पठाउने विषयमा श्रम, शिक्षा र गृहमन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *