सुनसरीमा प्रहरीले गर्‍यो दर्जनौं हवाइ फायर

डिसी नेपाल
२३ चैत २०८० १४:३१
1.7k
Shares

इटहरी । सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ।

सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि प्रहरीले हवाई फायर गरेको हो।

यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो। गाउँपालिका भवन क्षेत्रमा २ हजार देखि २५ सय हाराहारीमा मानिसहरू जम्मा भएका छन्।

हाल सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले झडपको स्थीति र सम्भावित दुर्घटनालाइ नियन्त्रण लिनका लागि थप जनशक्ति परिचालन गरिने जानकारी दिएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *