कम्युनिष्ट पार्टीहरु एक हुन एमाले उपाध्यक्ष शाक्यको आग्रह

डिसी नेपाल
२८ चैत २०८० २३:४१

खोटाङ। नेपाल कम्युनिष्ट पार्टी(एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालका कम्युनिष्ट पार्टीहरु एक हुन सकेमात्र देश विकास हुने बताएकी छन्। त्यसका लागि सम्पूर्ण कम्युनिष्टहरु एक हुन उनले आग्रह गरिन्।

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आज उपाध्यक्ष शाक्यले अग्रजहरुको क्रान्तिकारी विचारबाट नेता तथा कार्यकर्ता प्रेरित भइ देश र जनताको हितमा लाग्नुपर्ने बताइन्।

अग्रजलाई सम्मान गर्दै उनीहरुको त्याग, तपस्या र योगदानको अनुशरण गर्नुपर्ने उनले बताएकी छन्। अग्रज नेताहरुकै त्याग, तपस्या र योगदानले संविधानसभाबाट जनताको संविधान निर्माण गरेर कार्यान्वयनमा आएको उहाँले जिकिर गरिन्।

जिल्ला अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवं खानेपानी मन्त्री राजेन्द्र राई लगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *