आज मधेस प्रदेशमा सार्वजनिक बिदा
धनुषा। तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ।
यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन्।
विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ। सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्।
आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ। यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment