नागरिकले सहजरूपमा सेवा पाउने वातावरण बनाउँछु: एसपि घिमिरे

डिसी नेपाल
३ वैशाख २०८१ ९:२७

रौतहट । नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउने रौतहट प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको सभाकक्षमा आयोजित पत्रकारहरू सँगको परिच्यात्मक तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

बिगतका दिनमा प्रहरीलाई रौतहटका पत्रकारहरूको असाध्यै राम्रो सहयोग रहेको आफूले पाएको भन्दै आफनो कार्यकालमा पनि यस्तो सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए । प्रहरीले गरेको राम्रा र नराम्रा कामहरू सत्य,तथ्य रूपमा प्रकाशित होस् भन्न् आफनो चाहना रहेको धारण व्यक्त गरेका थिए ।

आफनो कार्यभार सम्हाले देखि पहिलो चोटी पत्रकारहरू सँग कुराकानी गर्दै उनले आफनो प्रहरीमा आफनो २२ वर्षे लामो सेवा अवधि बारे पनि अनुभव शेयर गरेका थिए । प्रहरीले गर्ने भनेको ऐन कानुन बमोजिम हो । यसमा कहीँ कतै प्रहरी चुकेको छ जस्तो लागेमा निर्धक्क भएर प्रहरीलाई झझकाउने काम गरि दिनुहुन पत्रकारसँग आग्रह गरे ।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले मोटरसाईकिल केन्द्रीत चेकजाँच,सिट क्षमता भन्दा बढी यात्रु बसाल्नु, आत्महत्याको गर्नेको संख्या दिनप्रतिदिन दिन,सीमा नाकाको चोरी तस्करी, अपराधिक गतिविधि, अवैध मदिरा विक्री वितरण, प्रहरी यूनिटको थपने, कानून पूर्णरुपमा पालन गर्नुपर्ने,मिटर ब्याज पिडित लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए ।

पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिँदै रौतहट प्रहरी प्रमुख एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालयमा आउने गरेको विभिन्न किसिमको मुद्दाहरुको बारेमा आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् । साथै जती पनि विषयहरु उठेका छन् त्यसलाइ विस्तारै सम्बोधन गर्दै जाने उनले प्रतिबद्धता जनाए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *