सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

डिसी नेपाल
१ जेठ २०८१ १८:२९
544
Shares

काठमाडौं। उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा दिनभर मुद्दाको सुनुवाई भएपनि बहस नसकिएको भन्दै भाेलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।

गौशाला २६ द्वारा दायर बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन्। उच्च अदालतमा यसअघि पाँचपटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ सरिरहेको थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *