विश्व वन्यजन्तु कोषबाट हिमाली संरक्षण मञ्च पुरस्कृत

डिसी नेपाल
७ जेठ २०८१ १०:०५

फुङ्लिङ। ताप्लेजुङमा कार्य क्षेत्र बनाएर संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्च विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) बाट पुरस्कृत भएको छ । विश्व वन्यजन्तु कोषले काठमाडौँमा एक कार्यक्रम गर्दै हिमाली संरक्षण मञ्चलाई पुरस्कृत गरेको हो ।

जैविक विविधताको संरक्षण क्षेत्रमा टेवा गरेको भन्दै कोषले मञ्चलाई अब्म्हाम सरक्षण पुरस्कार २०२४ बाट पुरस्कृत गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । पुरस्कारले आगामी दिनमा संरक्षण क्षेत्रमा काम गर्ने थप ऊर्जा प्राप्त भएको उनले बताए। मञ्च सन् २०२० मा पन्छी संरक्षण कोषबाट समेत पुरस्कृत भएको थियो ।

मञ्चले मुख्य गरेर दुर्लभ हाब्रे(रेड पाण्डा)को संरक्षणमा २०६२ सालदेखि काम गर्दै आएको छ । संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग गर्दै आएको छ ।

सचिव विवस केदेमले मञ्चले विभिन्न संस्थासँग साझेदार गरेर विश्व दुर्लभ वन्यजन्तु हिउँ चितुवा संरक्षणमा समेत काम गर्दै आएको बताए। विद्यलय तहबाटै हिउँ चितुवा संरक्षणमा जनचेतना बढाउन कक्षा ७ र ८ मा पठनपाठन समेत सुरु गरिएको मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बाले बताए । मञ्चले जैविक विविधताको अध्ययनका लागि रु चार करोड लागतमा फुङ्लिङ नगरपालिका–९ देउराली क्षेत्रमा हाब्रे सेन्टर स्थापना गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *