भारतसँगका पर्साका सीमानाका बन्द
वीरगञ्ज। भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन्। विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो।
वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल-भारत सीमानाका बन्द हुने उनले जानकारी दिए।
“दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने। पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment