चण्डीगढ एयरपोर्टमा सीआईएसएफ जवानद्वारा अभिनेत्री कंगनालाई थप्पड!

डिसी नेपाल
२४ जेठ २०८१ १८:४५

काठमाडौं। बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन्।

कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्। कंगनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ। चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्ने क्रममा यो घटना भएको बताइएको छ।

यो घटना बिहीबार दिउँसो भएको हो। कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदै गर्दा महिला सिपाहीले उनको हात उचालेकी थिइन्। यस विषयमा कंगनाले उजुरी पनि दर्ता गराएकी छिन्। किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ। कंगनालाई थप्पड हानेकी कुलविन्दरलाई नियन्त्रणमा लिइएको बताइएको छ।

कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव जितेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *