एलन मस्कले आफ्ना कम्पनीहरूमा एप्पलका उत्पादनहरू प्रतिबन्ध लगाउने धम्की दिए

डिसी नेपाल
२९ जेठ २०८१ १५:२०

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले एप्पल र ओपन एआई बीचको साझेदारीमा असन्तुष्टि व्यक्त गरेका छन्।

एलन मस्कले आफ्नो कम्पनीको परिसरमा एप्पलका उत्पादनहरू प्रयोगमा प्रतिबन्ध लगाउने बताएका छन् ।

मस्क भन्छन् – एप्पल र ओपन एआई बीचको साझेदारी सुरक्षा नियमहरूको उल्लङ्घन हो र यसलाई सहन सकिँदैन।

उनले एक्समा लेखेका छन् ‘यदि एप्पलले ओपन एआइलाई आफ्नो अपरेटिङ सिस्टममा ल्याउँछ भने एप्पलका उत्पादनहरूको प्रयोग मेरा कम्पनीहरूमा हुने छैन । यो सुरक्षा नियमको उल्लंघन हो ।

एप्पलका सीईओ टिम कुकले सोमबार ओपन एआईसँग साझेदारीको घोषणा गरे।

उनले पोस्ट गरे ‘एप्पल इन्टेलिजेन्स लन्च गरिँदैछ र यो एआइको संसारमा ठूलो कोसेढुंगा हो । यो पूर्णरूपमा व्यक्तिगर हो र तपाइँले दैनिक प्रयोग गर्ने एप्सको प्रयोगलाई राम्रो बनाउनेछ ।’

एप्पल इन्टेलिजेन्स आईओएस १८ र आईप्याड ओएस १८ सँग प्रस्तुत गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *