कुवेतको आवासीय भवनमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु

डिसी नेपाल
३० जेठ २०८१ १७:१०
336
Shares

कुवेत। कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो। भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो।

यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन्। रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन्। भारतीय राजदूत पनि घटनास्थल पुगेका छन्। भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ।

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन्।  कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *